कालिन्चोक दर्शनले पायो आईपिओ निष्काशनको अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

कालिन्चोक दर्शनले पायो आईपिओ निष्काशनको अनुमति



काठमाडाै । कालिन्चोक दर्शन लिमिटेडले आईपिओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई कार्तिक २३ गते शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

यस सँगै कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने छ। कम्पनीले आईपिओ निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंगलाई बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले गत चैत्र १५ गते आईपिओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।

कम्पनीले दोलखाको सदरमुकाम चरिकोटवाट करिव १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा ३८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरमा केवलकार संचालन् गरिरहेको छ ।

प्रकाशित : २ मंसिर २०७९, शुक्रबार १५:४२