वल्र्डलिंक जडान गर्ने ग्राहकलाई ६ गुनासम्म थप डाटा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

वल्र्डलिंक जडान गर्ने ग्राहकलाई ६ गुनासम्म थप डाटा



काठमाडौं १९ पुस । वल्र्डलिंक कम्युनिकेसन्सले नयाँ बर्षको अबसरमा इन्टरनेट जडान गर्ने ग्राहकलाई ६ गुनासम्म थप डाटा उपलब्ध गराउने अफर सार्बजनिक गरेको छ । यस अफरमा ग्राहकले निशुल्क जडान सुविधा पाउने छन् । यस्तै राउटर र तीन महिनासम्म इन्टरनेट प्रोटोकल (आइपी) टिभीसमेत निशुल्क उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

आइपी टिभी जडान गर्न लाग्ने सेटअप बक्स ५० प्रतिशत छुटमा उपलब्ध गराइने कम्पनीको विज्ञप्तिमा उल्लो छ । यस्तो योजना एक बर्षको इन्टरनेट सेवा लिँदा उपलब्ध हुने छ ।

आइपी टिभी नेपालमा पछिल्लो पटक भित्रिएको टिभी हेर्ने नयाँ प्रविधि हो । यस प्रविधिबाट ग्राहकले इन्टरनेटको केबुलकै माध्यमबाट टिभी हेर्न पाउने छन् । यस्तो प्रविधिबाट प्रसारण हुने टिभीमा ग्राहकले एक साता अगाडिको कार्यक्रमसमेत हेर्न सक्छन् । आइपी टिभीको प्रसारण गुणस्तरीय हुन्छ ।

वल्र्डलिंक २१ बर्षदेखि इन्टरनेट र कर्पोरेट ग्राहकलाई डाटा सेवासमेत प्रदान गर्दै आएको छ । कम्पनीका देशभर ६० हजारभन्दा बढी ग्राहक छन् ।

प्रकाशित : १९ पुष २०७३, मंगलवार ०५:४३