५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न तयारीमा कुमारी बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न तयारीमा कुमारी बैंक



काठमाडाै १८ पुस । कुमारी बैंकले पनि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले एक अर्ब ३४ करोड ९५ लाख ८३ हजार दुई सय ६६ रूपैयाँको एक करोड ३४ लाख ९५ हजार आठ सय ३२.६६ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । कुमारीको हकप्रदमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्दैछ । कुमारीको हाल चुक्ता पुँजी दुई अर्ब ६९ करोड ९१ लाख ६७ हजार रूपैयाँ रहेको छ ।

हकप्रदपछि यसमा ५० प्रतिशत पुँजी थपिनेछ । बैंकको रिजर्भ कोषमा पनि एक अर्ब ५० करोड १६ लाख ८६ हजार रूपैयाँ पैसा छ । कुमारीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड ७४ लाख ३६ हजार रूपैयाँ खुद नाफा कमाएको छ । यो बैंकको प्रतिसेयर आम्दानी ३१ रूपैयाँ ४९ पैसा छ भने प्रतिसेयर नेटवर्थ १५५ रूपैयाँ ६४ पैसा छ । कुमारीले काष्ठमण्डप बैंकलाई एक्वायर गर्ने निर्णय गरिसकेको छ । बैंकले गत वर्षको मुनाफाबाट लगानीकर्तालाई दिने लाभांश घोषणा बाँकी नै छ ।

प्रकाशित : १९ पुष २०७३, मंगलवार ०९:३७