भिबोर सोसाइटीलाई अन्तर्राष्ट्रिय बेस्ट इन्टरप्राइजेज अवार्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भिबोर सोसाइटीलाई अन्तर्राष्ट्रिय बेस्ट इन्टरप्राइजेज अवार्ड



काठमाडाै १९ पुस । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले लण्डनमा आयोजित समिट अफ लिडर्स २०१६, सोक्रेट्स अवार्ड सेरोमोनीमा बेस्ट इन्टरप्राइजेज अवार्ड प्राप्त गरेको छ । युरोप विजनेश एसेम्ब्लीले बैंकलाई अवार्ड प्रदान गरेको हो ।

युरोप विजनेश एसेम्ब्लीले बैंकका प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनाललाई म्यानेजर अफ दि एयरबाट समेत सम्मानित गरेको छ । लण्डनको अक्सफोर्डमा बैंकका अध्यक्ष सुशील राज पराजुली र प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनाललाई सम्मान प्रदान गरिएको हो ।

बैंकले कुशल व्यवस्थापन बाट देशभर रहेका शाखा सञ्जालमार्फत सर्वसाधारण वित्तीय पहुँच पु¥याउन विशेष योगदान गरेको, अप्ठेरो परिस्थिति लाई समेत सजिलै व्यवस्थापन गरी आफ्ना ग्राहकहरुको हितमा कार्य गर्न सफल रहेको भन्दै यो सम्मान प्रदान गरेको हो ।

युरोप विजनेश एसेम्ब्ली १ सय ६० भन्दा बढि देशहरु सदस्य र साझेदार रहेको यूरोपियन संस्था हो । साथै प्रमुख कार्यकारी अधिकृत खनालले सो सभामा बैंकको सम्बन्धमा सफलताको कथा समेत प्रस्तुत गरेका थिए । हाल सम्मका बिकास बैंकहरुमा देशकै ठूलो चुक्ता पुँजी (रु.१ अर्ब ८२ करोड) भएको बैंक हो । बैंकले ४२ वटा शाखा तथा १ एक्स्टेन्सन काउण्टर मार्फत् सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित : १९ पुष २०७३, मंगलवार १२:४९