रिडीलाई नेप्सेले सोध्यो स्पष्टीकरण,मूल्यमा चलखेल गर्न कारोबार समयमा लाभांश घोषणा आरोप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रिडीलाई नेप्सेले सोध्यो स्पष्टीकरण,मूल्यमा चलखेल गर्न कारोबार समयमा लाभांश घोषणा आरोप



काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले रिडी पावर कम्पनी लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले कम्पनीलाई स्पष्टिकरण सोध्दै कारोबार रोक्का गरेको हो ।

कम्पनीले कारोबार समयमा संचालक समितिको बैठक राखेर लाभांश घोषणा गरेकोले नेप्सेले कम्पनीलाई स्पष्टिकरण सोध्दै कारोबार रोक्का राखेको हो।’

कम्पनीले हिजो मंगलबार बिहान ११ बजे संचालक समितिको बैठक राखेर लाभांश प्रस्ताव गरेको थियो भने त्यसको जानकारी बजार बन्द भएपछि नेप्सेलाई गराएको थियो । लाभांश प्रस्ताव गर्दा कारोबार समयमा संचालक समितिको बैठक राख्न नहुने तथा प्रस्ताव गरिएको लाभांश सोहि दिन वा अर्को दिन बजार खुल्नु अगाडी नेप्सेलाई जानकारी गराउनु पर्ने ब्यबस्था छ।

प्रकाशित : ७ मंसिर २०७९, बुधबार ११:३५