महासंघका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र राजस्व समितिका सभापति कर दिवसका अवसरमा सम्मानित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

महासंघका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र राजस्व समितिका सभापति कर दिवसका अवसरमा सम्मानित



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र कर तथा राजस्व समितिका सभापति संदीप कुमार अग्रवाल राष्ट्रिय कर दिवसका अवसरमा सम्मानित भएका छन् ।

सरकारले धेरै कर तिर्ने उद्योगी र व्यवसायीलाई कर दिवसका अवसरमा सम्मानित गर्दै आएको छ । आज आयोजित कार्यक्रममा आर्थिक वर्ष २०७७/७८ मा वस्तु व्यापारतर्फ महासंघका अध्यक्ष गोल्छाको हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., बरिष्ठ उपाध्यक्ष ढकालको आईएमई लिमिटेड रेमिट्यान्सतर्फ र कर तथा राजस्व समितिका सभापति अग्रवालको शिवशक्ति घ्यु कम्पनी खानेतेल निर्याततर्फ बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएका हुन ।

यस अवसरमा अध्यक्ष गोल्छा, वरिष्ठ उपाध्यक्ष ढकाल र कर तथा राजस्व समितिका सभापति अग्रवाललाई महासंघले हार्दिक बधाई एवं शुुभ–कामना दिएको छ ।

‘स्वेच्छिक सहभागितासहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ यस वर्षको नारा तय गरिएको थियो ।

प्रकाशित : ७ मंसिर २०७९, बुधबार १७:४२