शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौंं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले लाभांश दिने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा चुक्तापुँजी ३ अर्ब ७८ करोड १० लाख ९ हजार १४.२६ रुपैयाँको १३.३० प्रतिशतले हुन आउने ५० करोड २८ लाख ७४ हजार १९८.९० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७० प्रतिशतले हुन आउने २ करोड ६४ लाख ६७ हजार ६३.१० रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।

प्रकाशित : ८ मंसिर २०७९, बिहीबार ११:१०