रवी लामिछाने विजयीसँगै स्वतन्त्र पार्टी राष्ट्रिय राजनीतिमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

रवी लामिछाने विजयीसँगै स्वतन्त्र पार्टी राष्ट्रिय राजनीतिमा



काठमाडौं । विशेष चासोका रुपमा हेरिएको चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवी लामिछाने विजयी भएका छन्। लामिछानेले ४९ हजार २६१ मत ल्याउँदै विजयी भएका हुन्।

उनले एमालेका कृष्णभक्त पोखरेललाई ३४ हजार १६२ मतान्तरले हराएका हुन्। पोखरेलले १४ हजार ६४९ मत ल्याउँदा सत्ता गठन्धनको तर्फबाट नेपाली कांग्रेसको उम्मेदवार उमेश श्रेष्ठ तेस्रो भए। श्रेष्ठले १५ हजार ९९ मत ल्याए।

करिब पाँच महिनाअघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय राजनीतिमा नयाँ शक्तिका रुपमा उदाएको छ । यसअघि प्रत्यक्षतर्फ देशभरी ४ ठाउँमा विजयको घण्टी बजाइसकेको छ । देशभरका मुख्य सहरी क्षेत्र र सहरी प्रभाव रहेका क्षेत्रहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रभाव देखाएको छ । समानुपातिकतर्फ पनि मुख्य तीन ठूला दलहरुलाई चुनौती दिईरहेको देखिन्छ । विहान नौं बजेसम्म प्राप्त परिणाम अनुसार स्वतन्त्रले प्रतिनिधिसभा समानुपातिकतर्फ दुई लाख ५२ हजार ११३ मत ल्याएको छ । यो पार्टीले प्रदेशसभा सदस्य पदमा उमेदवारी दिएको छैन ।

यसअघि काठमाडौं ८ बाट विराजभक्त श्रेष्ठ, काठमाडौं क्षेत्र नम्बर २ मा सोविता गौतम, काठमाडौंको गोङ्गबु निवासी शिशिर खनाल काठमाडौं ६ बाट, काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा गणेश पराजुली पराजुली, ललितपुर क्षेत्र नम्बर ३ बाट डा.तोसिमा कार्की विजयी भइसकेका छन् ।

प्रकाशित : ८ मंसिर २०७९, बिहीबार ११:५२