युनाइटेड इदी मार्दी हाइड्रोपावरको लाभांश घाेषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

युनाइटेड इदी मार्दी हाइड्रोपावरको लाभांश घाेषणा



काठमाडौं । युनाइटेड इदी मार्दी एन्ड आर बी हाइड्रोपावरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको मंसिर ७ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १०.५२६ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।

कम्पनीको उक्त लाभांश पारित गर्न मंसिर २८ गते वार्षिक साधारण सभा पनि गर्ने भएको छ । साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुनेछ । सभा आभ्या क्लब घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ ।

सभा प्रयोजनको लागि युनाइटेडले मंसिर १६ गते बुक क्लोज गर्नेछ । यसर्थ, मंसिर १५ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभाामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

प्रकाशित : ८ मंसिर २०७९, बिहीबार १२:००