नेप्सेमा झिनो गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्सेमा झिनो गिरावट



काठमाडौँ । बुधबार नेप्से परिसूचक २ दशमलब ८५ अंकले घटेर ९ सय २७ दशमलब ८५ अंकमा कारोबार बन्द भएका छ । ‘क’ वर्गको सेन्सेटिभ इण्डेस्क पनि ० दशमलब ६९ अंकले घटेर १ सय ९८ दशमलब ४८ बिन्दुमा बन्द भएको छ ।
आज १ सय २४ कम्पनीको १ हजार  ४ सय ५७ कारोबारबाट ४ लाख २९ हजार ८ सय ९२ कित्ता शेयर खरिद बिक्रि भएको छ जसबाट १७ करोड ८७ लाख ३४ हजार ९ सय ५४ रुपैंया बराबरको कारोबार भएको छ जुन मंगलबार भन्दा २७ दशमलब ७५ प्रतिसतले कमि आएको छ ।

उप परिसूचकहरुमा बैंकिंग समूह, होटेल समूह, बिकाश बैंक समूह,  हाइड्रो समूह, फ़ाईन्नास समूह, इन्स्योरेन्स समूह घटेका छ । ब्यापार समूह र अन्य समूह भने बढेको छ ।

कारोबार रकमको आधारमा नेशनल लाईफ इन्स्योरेन्सको २ करोड ३०  लाख ६० हजार रुपैंया बराबरको कारोबार भएको छ ।  सहारा बिकाश बैंकको सर्वाधिक ९ प्रतिसतले मूल्य बढेको छ भने कसमोस विकाश बैंक सर्वाधिक ४ प्रतिसतले मूल्य घटेको छ ।
काठमाडौं, असार २ । केही सातादेखी १ सय २ को हाराहारीमा रहेको अमेरिकी डलरको भाउ बुधबार बढेर १०३ पुगेको छ ।

प्रकाशित : २ असार २०७२, बुधबार १६:०२