चितवन क्षेत्र नम्बर १ बाट हरि ढकाल निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थ राजनीति

चितवन क्षेत्र नम्बर १ बाट हरि ढकाल निर्वाचित



काठमाडौं । चितवन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन् । उनले ३४ हजार १८९ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुरेन्द्र पाण्डेले २६ हजार ६०८ मत प्राप्त गरेका छन् ।

सो क्षेत्रमा सत्तारूढ गठबन्धनले उम्मेदवार बनाएको नेपाली काँग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९९० मत प्राप्त गरे । हरि ढकाल सेयर बजारका लगानीकर्तासमेत हुन् । संसदमा पुगेर पुँजी बजार सुधारका लागि सशक्त आवाज उठाउने उनले यसअघि बताएका थिए ।

प्रकाशित : ८ मंसिर २०७९, बिहीबार १६:४२