प्रदेशसभा अन्तर्गत ३१० स्थानको मतपरिणाम सार्वजनिकः १२ ठाउँमा स्वतन्त्र उम्मेदवारहरु विजयी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रदेशसभा अन्तर्गत ३१० स्थानको मतपरिणाम सार्वजनिकः १२ ठाउँमा स्वतन्त्र उम्मेदवारहरु विजयी



काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा हालसम्ममा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । तीन सय ३० क्षेत्रमा भएको निर्वाचनमा हालसम्म ३१० स्थानको मतपरिणाम सार्वजनिक भएको छ । कांग्रेसले १०४ क्षेत्रमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । यस्तै, नेकपा (एमाले) ८६ क्षेत्रमा विजयी भई दोस्रो स्थानमा रहेको छ ।

नेकपा माओवादी केन्द्र ५३, नेकपा एकीकृत समाजवादी १३, राष्ट्रिय प्रजातन्त्र पार्टी ११, जनता समाजवादी पार्टी ९, लोकतान्त्रिक समाजवादी पार्टी ९, जनमत पार्टी ७, नागरिक उन्मुक्ति पार्टी ५, हाम्रो नेपाली पार्टी र नेमकिपाले एक एक स्थानमा जित हासिल गरेका छन् । १२ ठाउँमा स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्रदेश सभाको निर्वाचनमा सहभागि जनाएको छैन् । प्रदेशसभातर्फको समानुपातिक मतमा एमालेले नै अग्रता लिएको छ । मुलुकका सातप्रदेश मध्ये ६ प्रदेशमा एमालेको मत बढी छ भने मधेश प्रदेशमा कांग्रेस अगाडि छ ।

 

 

सात वटै प्रदेशमा प्रत्यक्ष र समानुपातिक गरी पाँच सय ५० जना सांसद निर्वाचित हुने भएका छन् । यसरी निर्वाचित हुनेमा प्रदेशमा प्रत्यक्षबाट तीन सय ३० र समानुपातिकबाट दुई सय २० जना रहनेछन् ।

प्रदेश १ मा प्रत्यक्षबाट ५६ जना र समानुपातिकबाट ३७ जना गरी ९३ जना, प्रदेश २ मा प्रत्यक्षबाट ६४ र समानुपातिकबाट ४३ गरी एक सय सात जना, प्रदेश ३ मा प्रत्यक्षबाट ६६ र समानुपातिकबाट ४४ गरी एक सय १० जना तथा प्रदेश ४ मा प्रत्यक्षबाट ३६ र समानुपातिकतर्फ २४ गरी ६० जना रहनेछन् । यसैगरी प्रदेश ५ मा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ जना, प्रदेश ६ मा प्रत्यक्षतर्फ २४ र समानुपातिकतर्फ १६ गरी ४० जना र प्रदेश ७ मा प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ गरी ५३ जना सांसद रहनेछन् ।

प्रकाशित : ११ मंसिर २०७९, आईतवार १०:४३