सुनचाँदीको मुल्य स्थिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य स्थिर



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुन र चाँदीको मुल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको मुल्य स्थिर रहेको हो।

आज छापावाल सुनको मुल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार पनि छापावाल सुनको मुल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मुल्य ९७ हजार ३०० रुपैयाँमै कारोबार भएको थियो।

आज चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २९५ रुपैयाँमै कारोबार भएको थियो।

प्रकाशित : ११ मंसिर २०७९, आईतवार ११:५१