असोजमा पोलिसी सरेन्डर गर्नेको संख्या २४.७० प्रतिशतले घट्यो, कुनको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

असोजमा पोलिसी सरेन्डर गर्नेको संख्या २४.७० प्रतिशतले घट्यो, कुनको कति ?



काठमाडौं । चालु आर्थिक वर्षको असोज महिनामा बीमा पोलिसी सरेन्डर गर्नेहरुको संख्या घटेको छ । बीमा प्राधिकरणका अनुसार गत भदौ महिनाको तुलनामा असोजमा पोलिसी त्याग्नेको संख्या २४.७० प्रतिशतले घटेको हो ।

भदौ महिनाको तुलनामा असोज महिनामा पोलिसी सरेण्डर गर्नेको संख्यासंगै रकम पनि घटेको छ । प्राधिकरणका अनुसार असोजमा १९ जीवन बीमा कम्पनीका बीमितहरुले ६ हजार ६३ वटा पोलिसी त्याग गरेका छन् । गत भदौ महिनामा बीमितहरुले ८ हजार ५२ वटा पोलिसी त्याग गरेका थिए ।

बीमा पोलिसी ग्याग्नेको संख्या घटेसँगै पोलिसी समर्पण रकम पनि ३२‍‍.६८ प्रतिशतले घटेको छ । असोजमा ७७ करोड ३२ लाख २८ हजार रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ । भदौमा १९ जीवन बीमा कम्पनीको एक अर्ब १४ करोड ८६ लाख ७२ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएको थियो ।

सबैभन्दा धेरै पोलिसी सरेण्डर गर्ने नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरु रहेका छन् भने, कम पोलिसी सरेण्डर गर्ने सन नेपाल लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेका छन् । नेपाल लाइफ इन्स्योरेन्सको असोज महिनामा कुल सरेन्डर भएको बीमा पोलिसी मध्ये २ हजार ६४ वटा बीमालेख वापत २८ करोड ३ लाख ४९ हजार रुपैयाँको पोलीसी सरेन्डर भएको छ ।

त्यस्तै, नेपाल लाइफपछि राष्ट्रिय बीमा संस्थानको धेरै बीमालेख सरेन्डर भएको छ । यसको ९ करोड ६० लाख ३८ हजार रुपैयाँ बराबरको १ हजार ४७३ वटा बीमालेख सरेण्डर भएका छन् ।

साथै, बीमितहरुले नेशनल लाइफको ६५५ वटा, एशियन लाइफको ५०८ वटा, लाइफ इन्स्योरेन्सको ३७५ वटा, मेट लाइफको २७६ वटा, सूर्या लाइफको १४५ वटा, बीमालेख त्याग गरेका छन् । बाँकी कुनै पनि कम्पनीको पोलिसी सरेन्डर संख्या १०० माथि रहेका छैनन् ।

सबै भन्दा कम पोलिसी सरेन्डर हुनेमा सन नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । यस अवधिमा सन नेपाल लाइफको २० लाख २८ हजार रुपैयाँ बराबरको १९ वटा बीमालेख सरेन्डर भएको छ । त्यस्तै अर्काे कम पोलिसी सरेन्डर गर्नेमा महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको । यसको ३७ लाख २४ हजार रुपैंया बराबरको १९ वटा बीमालेख सरेन्डर भएको छ ।

प्रकाशित : ११ मंसिर २०७९, आईतवार १३:००