राजस्व असार ७ गतेपछी छुट नहुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

राजस्व असार ७ गतेपछी छुट नहुने



काठमाडौं । बैशाख १२ गते गएको महाभुकम्प र त्यसपछिका पराकम्पनबाट पिडित आमजनसामुदायलाई राहत प्रदान गर्न विदेशबाट आयात हुने राहत सामाग्रीहरुमा छुट गरिदै आएको राजस्व असार ७ गतेपछी छुट नहुने भएको छ । त्यसपछि कुनै पनि प्रकारको राहत सामाग्री स्वीकार नगरिने र महशुल समेत छुट नदिने नेपाल सरकार मन्त्रिपरिषदको बैठकले निर्णय गरेको हो ।
नेपाल सरकारको सम्बन्धित समितिबाट सुचिकृत राहत सामाग्री जेठ २० भन्दा अगाडि विदेशबाट चलान भई भन्सार कार्यलयमा आउन बाँकी रहेका भएमा असार ७ गते भित्र भन्सार कार्यलयमा आइपुगेमा त्यस्ता सामाग्रीहरुमा भने राजस्व छुट हुने व्यवस्था गरिएको छ । जेठ २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

प्रकाशित : २ असार २०७२, बुधबार १६:०४