सुनचाँदीको मुल्य बढ्यो, कतिमा भईरहेको छ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनचाँदीको मुल्य बढ्यो, कतिमा भईरहेको छ कारोबार ?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मुल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा १ हजार रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला ९९ हजार १०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला ९८ हजार ६०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन छापावाल सुनको मुल्य प्रतितोला ९८ हजार १०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला ९७ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३४५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन तोलामा ४० रुपैयाँले बढेर चाँदी १ हजार ३३० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : १६ मंसिर २०७९, शुक्रबार ११:३५