बैंक तथा वित्तीय संस्थालाई सदाचार नीति तर्जुमा गर्न राष्ट्र बैंकको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंक तथा वित्तीय संस्थालाई सदाचार नीति तर्जुमा गर्न राष्ट्र बैंकको निर्देशन



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले कर्मचारीहरुको आचार सम्बन्धमा सदाचार नीति तर्जुमा गरी लागू गर्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार क, ख र ग वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन १९ मा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो।

एकीकृत निर्देशनमा थप गरिएको व्यवस्थाअनुसार अब बैंक तथा वित्तीय संस्थाहरुले सञ्चालक समिति, कार्यकारी प्रमुख तथा कर्मचारीहरुले पालना गर्नुपर्ने आचार सम्बन्धमा सदाचार नीति तर्जुमा गरी लागू गर्नुपर्नेछ।

प्रकाशित : १६ मंसिर २०७९, शुक्रबार १६:२९