नेपाल टेलिकमले एनसेललाई उछिन्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल टेलिकमले एनसेललाई उछिन्यो



काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार भ्वाइस सेवामा नेपाल टेलिकम (एनटिसीले) निजि दुरसंचार कम्पनी एनसेललाई उछिनेको छ ।
३ वर्षदेखी अग्रता लिएको एनसेललाई गत फागुनमा एनटीसीले २६ हजार १ सय ५१ ग््राहक संख्याले पछाडी पारेको हो । माघको तथ्यंकमा एनटीसीभन्दा एनसेल १ लाख ५ हजार १ सय ७९ ले अगाडि थियो ।
एनसेलले जीएसएम मोबाइलबाट मात्र भ्वाइस सेवा दिदै आएको छ भने एनटिसीले पीएसटिएन, डब्ल्युएल, जीएसएम र सीडीएमए प्रविधिबाट सेवा दिदै आएको छ । तर जीएसएम सेवालाई मात्र आधार मान्दा भने एनसेल १९ लाख ७६ हजार ७ सय ३८ ले अगाडी छ । आजको अभियान दैनिकमा खबर छ ।

प्रकाशित : २ असार २०७२, बुधबार १६:०८