नेको इन्सुरेन्सको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेको इन्सुरेन्सको लाभांश घोषणा



काठमाडौं । नेको इन्सुरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर १८ गते आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस शेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नियामक बिमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण हुनेछ । कम्पनीले गत वर्ष पनि १५ प्रतिशत बोनस शेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश दिएको थियो ।

प्रकाशित : १९ मंसिर २०७९, सोमबार ११:२२