टेलिकमको नयाँ अफर : मोबाइल रिचार्ज गर्दा ग्राहकलाई बोनस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

टेलिकमको नयाँ अफर : मोबाइल रिचार्ज गर्दा ग्राहकलाई बोनस



नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गरे वापत ग्राहकलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज (टप अप) गरे वापत ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने भएको हो।

ग्राहकले रु. २००।, रु. ५००। र रु. १०००। दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो अफर उपलब्ध गराउने जनाएको छ। कम्पनीका अनुसार रु. २०० को रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १ दिन प्रयोग गर्न सकिने १ जीबी डाटा र रु. ५०० को रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत ४ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी रु. १००० को रिचार्ज कार्ड प्रयोग गर्दा यस वापत १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा वोनस स्वरुप प्राप्त हुनेछ ।

यो अफर २०७९ मंसिर २० देखि आगामी पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुका लागि उपलब्ध हुने टेलिकमले जनाएको छ ।

प्रकाशित : १९ मंसिर २०७९, सोमबार १५:०३