सिटी एक्सप्रेसबाट पैसा पठाउँदा चार आना घडेरी पाए सन्दीपले « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

English

सिटी एक्सप्रेसबाट पैसा पठाउँदा चार आना घडेरी पाए सन्दीपले



काठमाडाै २१ पुस  । दशैँतिहार र छठको अवसरमा सिटी एक्सप्रेसले नेपाली उपभोक्ताहरुलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको ‘सिटी बजाउनुहोस् काठमाडौंमा घडेरी पाउनुहोस्’ उपहार योजनाको भाग्यशाली बम्पर उपहार विजेता घोषणा गरेको छ । सोही योजना अन्तर्गत १२ जना साप्ताहिक बिजेताहरुले १२ थान ३२ इन्च एल.इ.डी टेलिभिजन प्राप्त गरिसकेका कम्पनीले जनाएको छ ।

कम्पनीले एक कार्यक्रमको आयोजना गर्दै बम्पर उपहार योजनाको विजेता बिद्युतीय गोला प्रथामार्फत छनौट गरेको हो । बम्पर उपहारको विजेताका रुपमा महोत्तरीस्थित लक्ष्मीनिया–७ का सन्दिपकुमार महतो छनोट भएका छन् । उनले कम्पनीको तर्फबाट काठमाडौं उपत्यकामा ४ आना घडेरी जित्न सफल भएका हुुन् ।

कम्पनीद्वारा सञ्चालित उपहार योजनाको विजेताको घोषणा संग–सँगै कम्पनीले नयाँ लोगो पनि प्रयोजनमा ल्याएको जानकारी दिइएको छ । कम्पनीले समयसँगै उपलब्ध गराउन थालेका विविध सेवा तथा सुविधामा ल्याएको परिस्कृतिकरण र बृहत सुविधा लगायत कारणलाई दृष्टिगत गर्दै नयाँ लोगो सञ्चालनमा ल्याएको जानकारी दिएको हो ।

प्रकाशित : २१ पुष २०७३, बिहीबार १५:४५