गाडी, मोबाईल, मदिरा र मोटरसाइकलको आयत प्रतिबन्ध फुकुवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

गाडी, मोबाईल, मदिरा र मोटरसाइकलको आयत प्रतिबन्ध फुकुवा



काठमाडौं । सरकारले ४ प्रकारका बस्तुको आयात प्रतिबन्ध फुकुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

यी बस्तुहरुको आयत पुसदेखि खुल्ने छ । मुख्यसचिवको संयोजकत्वमा गठित कमिटीले आयातमा गरिएको बन्देज खुलाउन सिफारिस गरेको थियो ।

प्रकाशित : २० मंसिर २०७९, मंगलवार २१:४५