एकसातामा बैंकहरुको निक्षेप र कर्जा प्रवाह दुवै बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एकसातामा बैंकहरुको निक्षेप र कर्जा प्रवाह दुवै बढ्यो



काठमाडौं। पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप ११ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघ (एनबीए)को तथ्यांकअनुसार मंसिर १० गतेदेखि मंसिर १६ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ११ अर्ब रुपैयाँले बढेको हो।

योसँगै मंसिर १६ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ। गत मंसिर ९ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ६२ अर्ब रुपैयाँ रहेको थियो।

यो एक साताको अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १ अर्ब रुपैयाँले बढेको छ। गत मंसिर ९ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४२ खर्ब २२ अर्ब रुपैयाँ रहेकोमा मंसिर १६ गतेसम्म बढेर ४२ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ।

निक्षेप बढेसँगै मंसिर १६ गते वाणिज्य बैंकहरुको औसत सीडी रेसियो घटेर ८६.७६ प्रतिशतमा झरेको छ। गत मंसिर ९ गतेसम्म औसत सीडी रेसियो ८६.८६ प्रतिशत थियो।

प्रकाशित : २० मंसिर २०७९, मंगलवार २२:११