कच्चा तेलको मुल्यमा भारी वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कच्चा तेलको मुल्यमा भारी वृद्धि



काठमाडौँ । अमेरिकामा कच्चा तेल उत्पादन घट्ने सम्भावनाको कारण मूल्यमा भारी वृद्धि भएको छ । नाईमेक्समा डब्ल्यूटीआई क्रूड ० दशमलब २० प्रतिसतको वृद्धिसंगै ६० दशमलब १० डलर प्रति ब्यारेलमा  कारोबार भईरहेको छ । त्यस्तै ब्रेंट क्रूड मुल्यमा पनि   वृद्धि भई ६३ दशमलब ८४ डलर प्रति ब्यारेल पुगेको छ ।

अमेरिकामा पछिल्लो हप्ता कच्चा तेल भण्डारण घट्ने सम्भावना रहेको एउटा रिपोर्ट देखेको छ । उक्त रिपोर्ट अनुसार  अमेरिकामा कच्चा तेलको inventory १७ लाख ब्यारेलले घट्ने सक्ने अनुमान रहेको छ । त्यस्तै ग्यासोलिनको भण्डारणमा पनि  ३ लाख ब्यारेल घटने अनुमान गरिएको  छ । अत्यधिक कच्चा तेलको माग, अमेरिकाको आंधी र केहि समय अगाडी क्यानडाको जंगलमा लागेको आगोको कारण  कच्चा तेलको मूल्य बढ्नमा मदत मिलेको हो  ।

तर केहि विज्ञका अनुसार कच्चा तेलको मूल्य नबढ्ने बताएका छन् । जेपी मोर्गेनको साप्ताहिक रिपोर्टमा यो साता तेलको मूल्य नँया उचाई छोएको र अमेरिकी ऊर्जा विभागको अनुसार गत बर्षको ६ महिनाबाट माग भन्दा २६ लाख ब्यारेल दैनिक आपूर्ति धेरै भएकोले मूल्य स्थिर रहने बताईएको छ । त्यस्तै इरानबाट पनि तेलको सप्लाई बढ्ने सम्भावना प्रबल देखिएको छ । कच्चा तेल उत्पादन गर्ने राष्ट्रको संगठन  ओपेकले पनि उत्पादन कटौती नगर्ने निर्णय गरिसकेको छ ।

प्रकाशित : २ असार २०७२, बुधबार १६:१४