यती डेभलपमेण्ट बैंकको संस्थापक शेयर स्वामित्व परिवर्तन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यती डेभलपमेण्ट बैंकको संस्थापक शेयर स्वामित्व परिवर्तन



काठमाडौँ २२ पुस । यती डेभलपमेण्ट बैंकको संस्थापक शेयर स्वामित्व परिवर्तन भएको छ । बैकको  चौंधौ बार्षिक साधारण सभाबाट पारीत संस्थापक शेयर स्वामित्व परीवर्तन सम्बन्धी प्रस्ताबलाई नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज लि. तथा सिडिएस क्लीयरीङ्ग ले  स्विकृती प्रदान गरेको हो ।

बैंकको संस्थापक समूहको शेयर स्वामीत्व अनुपात ६८.३१ तथा सर्वसाधारण समूहको ३१.६९ रहेकोमा शेयर स्वामीत्व परीवर्तन पश्चात संस्थापक समुहको शेयर अनुपात ५१ प्रतिशत र सर्वसाधारण समुहको शेयर अनुपात ४९ प्रतिशत कायम भएको छ ।

साथै बैंकको चुक्ता पँुजिको ५० प्रतिशत अर्थात बिद्यमान दुई कित्ता शेयर बराबर एक कित्ता शेयर (२ :१) का दरले जारी हुने हकप्रद शेयर निष्काशन प्रकृया अन्तिम चरणमा रहेको समेत बैंकले जनाएको छ ।

प्रकाशित : २२ पुष २०७३, शुक्रबार ०६:१७