लेकसाइडकाे होटल स्नोल्यान्डले ल्यायाे ‘पोखरा टुर प्याकेज’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लेकसाइडकाे होटल स्नोल्यान्डले ल्यायाे ‘पोखरा टुर प्याकेज’



काठमाडौं २२ पुस । अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको बाराहीचोकस्थित होटल स्नोल्यान्डले स्वदेशी पाहुनाका लागि विशेष प्याकेज घोषणा गरेको छ । होटलले २ रात ३ दिनका लागि ५ हजार रुपैयाँको प्याकेज ल्याएको सञ्चालक गणेशबहादुर थापाले जानकारी दिए । उनले शुलभ दरमा पोखरा भ्रमण प्याकेजको व्यवस्था मिलाएको बताए । उक्त प्याकेजमा एयरपोर्ट वा बस स्टेसनबाट होटलसम्म लैजाने, स्नोल्यान्डमा २ रात सुविधा सम्पन्न कोठामा राख्ने र विहानको नास्ताको सुविधा छ ।

 

प्याकेजको पहिलो दिन सराङकोट, विन्ध्यवासिनी मन्दिर, महेन्द्र गुफा, चमेरे गुफा, सेती खोँच, गोर्खा स्मारक, पूरानो पोखरा र बजार क्षेत्र घुमाइन्छ । दोस्रो दिन बाराही मन्दिर, कोमागाने पार्क, केदारेश्वर मन्दिर, रक गार्डेन, विश्व शान्ति स्तुप, डेभिज फल, गुप्तेश्वर गुफा घुमाइने सञ्चालक थापाले बताए ।

पाहुनाले साँझपख फेवातालको वरपर डुलेर आनन्द लिन सक्छन् । विभिन्न स्थानमा लाग्ने प्रवेश शुल्क, डुंगा भाडा, बिहान र बेलुकीको खाना, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, बेगनास र रुपाको यात्रा भने प्याकेजमा समावेश छैन । उल्लेखित प्याकेज होटलको वेभसाईट www.hotelsnowlandpokhara.com , होटलको टेलिफोन ०६१ ४६२५७२, ०६१ ४६२३८४ मा सम्पर्क गरि वुकिङ गर्न सकिने थापाले बताए ।

प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जी जम्प, क्यानोनिङ, जिप फ्लायरको लागि होटल स्नोल्यान्डबाटै बुक गर्ने सुविधा छ ।२०२९ सालमा स्थापना भएको होटल स्नोल्यान्ड पोखराकै जेठो पुस्ताको होटल हो । दुई तारे स्तरको यस होटलमा ४२ कोठा छन् ।

प्रकाशित : २२ पुष २०७३, शुक्रबार १०:३७