जनतालाई शोषण नगरी सेवामुखी भावले काम गर्न गभर्नरको सुझाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जनतालाई शोषण नगरी सेवामुखी भावले काम गर्न गभर्नरको सुझाव



धनकुटा २३ पुस  ।  नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले जनतालाई शोषण नगरी सेवामुखी भावले काम गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका छन् ।

शुक्रबार गुराँस लघुवित्त वित्तीय संस्था लिको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर डा नेपालले जनतालाई सरल रुपमा वित्तीय सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थालाई अनुमति दिइएको बताउँदै सोहीअनुरुप काम गर्न सुझाव दिए ।

संस्थाले तराईका मोरङ र सुनसरीसहित पूर्वी पहाडका १० जिल्लामा वित्तीय कारोबार गर्दै आएको छ ।

प्रकाशित : २३ पुष २०७३, शनिबार ०९:१५