सहकारी बैंकको साधारण सभामा महिला संञ्चालकको क्षेत्र निर्धारण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सहकारी बैंकको साधारण सभामा महिला संञ्चालकको क्षेत्र निर्धारण



काठमाडौं । राष्ट्रिय सहकारी बैंकको बार्षिक साधारण सभामा संञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन हुने भएको छ । जसमा महिला संञ्चालकको क्षेत्र निर्धारण भएको छ ।

बैंकको समितिमा कम्तीमा ३३ प्रतिशत महिला सदस्यको प्रतिनिधित्व गर्नका लागि प्रदेशबाट २ जना सुनिश्चित गर्ने रहेकोमा बैंकको निर्वाचन कार्यविधि ३ (उ) अनुरुप प्रत्येक प्रदेशबाट प्रतिनिधित्व गर्ने महिला संञ्चालक प्रदेश क्षेत्र निर्धारण संञ्चालक समितिको निर्णयबाट गरिने हुँदा संञ्चालक समितिको पुस २ गते बसेको बैंठकबाट आगामी साधारण सभामा हुने निर्वाचनका लागि एकाइ ५ (लुम्बिनी प्रदेशका सम्पुर्ण जिल्लाहरु) र एकाइ ७ (सुदुरपश्चिम प्रदेशका सम्पुर्ण जिल्लाहरु)लाई महिला संचालकको क्षेत्र निर्धारण गर्ने भएको छ ।

यसका लागि उम्मेदवारी फारम पुस ५ गते दिउसो १२:३० देखि ४ बजेसम्म उपत्यकाको हकमा केन्द्रिय कार्यालय र उपत्यका बाहिरको हकमा सबै शाखा मार्फत प्राप्त गर्न सकिने छ ।

प्रकाशित : ४ पुष २०७९, सोमबार १३:१७