दाता सम्मेलनपछि बजेट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

दाता सम्मेलनपछि बजेट



काठमाडौं।अर्थमन्त्री डा रामशरण महतले दाता सम्मेलनपछि बजेट आउने बताएका छन । विपी चिन्तन प्रतिष्ठानद्धारा बुधबार आयोजित एक कार्यक्रममा डा महतले दाता सम्मेलनका लागि सरकारले आवश्यक तयारी पुरा गरेसकेको बताए । भूकम्पले पु¥याएको क्षतिको पुनःनिर्माण् तथा पुनः स्थापनाका लागि विदेशी सहयोग जुटाउन सरकारले असार १० गते दाता सम्मेलन आयोजना गर्ने तयारी गरेको छ ।
मन्त्री महतले आथिर्क बर्ष समाप्त हुन लाग्दा अधिकाशं मन्त्रालयका विकास बजेट पचास प्रतिशत पनि खर्च हुन नसकेको गुनासो गर्दै प्रशासनिक तहबाट यस्तो प्रवृति अन्त्य हुन नसकेको बताए । विकास आयोजनाका लागि बजेटको अभाव हुन्न काम गरेर देखाउनुहोस् भन्दा पनि मन्त्रालयहरुले बजेट खर्च गर्न नसकेकोे उनको भनाई छ । पूर्वअर्थमन्त्री बर्षमान पुनले नव निर्माण्का लागि सवै राजनीतिक दलहरु एकभई जुट्नु पर्ने आवश्यकता औल्याए ।

प्रकाशित : २ असार २०७२, बुधबार १६:२७