माघदेखि मोफसलमा पनि अनिवार्य डिम्याट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

माघदेखि मोफसलमा पनि अनिवार्य डिम्याट



काठमाडौं, २४  पुस । नेपाल धितोपत्र बोर्डले आगामी माघदेखि प्राथमिक शेयर निष्काशनमा आवेदन गर्दा अनिवार्य हितग्राही खाता डिम्याट लागू हुने बताएको छ । गत साउनबाट उपत्यका भित्रमा अनिवार्य डिम्याटको व्यवस्था गरेको बोर्डले दोस्रो चरणमा उपत्यका बाहिर अर्थात देशैभरि लागू गर्न लागेको हो ।

बोर्डले आइतबार लगानीकर्ताका नाममा सूचना जारी गर्दै हालसम्म हितग्राही खाता नखोलेका लगानीकर्ताहरुलाई शीघ्र खाता खोल्न अनुरोध गरेको हो । त्यस्तै बोर्डले सिडिएस एण्ड क्लियरिङ लिमिटेडले पुस १२ मा जारी गरेको सुचनालाई आधार मान्दै डिम्याट एकाउन्ट खोल्दा अनिवार्य बैंक खाता नम्बर उल्लेख गर्न समेत सुझाएको छ । जसले गर्दा प्राथमिक निष्काशनमा शेयर नपरेमा वा आंशिक रुपमा परेमा र सूचिकृत संगठित संस्थाले दिने नगद लाभांश लगानीकर्ताको बैंक खातामा नै जानेछ ।

त्यस्तै बोर्डले माघदेखि आस्वा प्रणाली लागू गर्न लागिएको भन्दै आस्वा लागू गर्न बोर्डबाट अनुमति प्राप्त गरेका बैंकहरु मार्फत सेवा लिई लाभान्वित हुन समेत लगानीकर्तालाई आग्रह गरेको छ ।

प्रकाशित : २४ पुष २०७३, आईतवार १२:२३