सहकारीको व्याजदर एकै किसिमको बनाउने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सहकारीको व्याजदर एकै किसिमको बनाउने तयारी



सिमरा । देशमा रहेका बचत तथा ऋण सहकारीलाई एकिकरण गरि एकिकृत रुपमा संचालन गरिने भएको छ । हाल देशमा सहकारी संख्या बढी भएको र जसले गर्दा जोखिम बढ्दै गएकाले देशभरका सहकारीलाई एकिकृत रुपमा संचालन गर्नेगरी एकिकरण प्रक्रियामा लैजान लागिएको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का अध्यक्ष ऋषिराज घिमिरेले बताए । ‘सहकारीहरुको संख्यात्मक वृद्धिसंगै जोखिम पनि बढिरहेको छ,’ सिमरास्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिकोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष घिमिरेले भने, ‘आगामी दिनमा साकोस युनिफिकेशन प्रणालीमार्फत एउटै रंग, लोगो, साइनबोर्ड, नीति तथा पद्धति बनाई व्याजदर पनि एकै किसिमको बनाउने तयारी भैरहेको छ ।’

प्रकाशित : २ असार २०७२, बुधबार १६:३४