सिद्धार्थ बैंकको ७३ लाख ९६ हजार कित्ता हकप्रद बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ बैंकको ७३ लाख ९६ हजार कित्ता हकप्रद बाँडफाँड



काठमाडौं  २५ पुस । सिद्धार्थ बैंकको हकप्रद सेयर बाँडफाँड भएको छ । बैंकले एक सय रूपैयाँ अंकित मूल्यको ४ः१ अनुपातमा ७५ लाख ५५ हजार १९३ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । यही सेयर अहिले बाँडफाँड गरिएको हो । यो सेयरमा कुल २१ हजार ४३१ जनाले आवेदन दिएका थिए । जसमध्ये ७३ लाख ९६ हजार ६७५.१० कित्ता बाँडफाँड भएको छ । यो तथ्यांकले सेयरहोल्डर सबै जनाले यसमा आवेदन नगरेको देखाउँछ ।

हकप्रद बिक्री नभएको सेयर टेन्डरमार्फत बिक्री गरिंदैछ । यो सेयरमा असोज १७ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाएका थिए । सिद्धार्थ बैंकले कात्तिक ११ देखि मंसिर १५ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । यसमा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : २५ पुष २०७३, सोमबार ०५:३४