रिलायबल क्यापिटललाई मर्चेन्ट बैंकरको अनुमती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

रिलायबल क्यापिटललाई मर्चेन्ट बैंकरको अनुमती



काठमाडौँ  २५ पुस । रिलायबल क्यापिटल लिमिटेडलाई धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) को रुपमा कार्य गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको छ ।

रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा संचालित रिलायबल क्यापिटल लिमिटेडलाई हाल शेयर रजिस्ट्रेसन तथा लगानी व्यवस्थापन सम्बन्धि कार्य गर्ने अनुमतिपत्र प्राप्त भएको हो ।

चुक्ता पुँजी १० करोड ५० लाख र अधिकृत पुँजी २० करोड रहेको यस क्यापिटलमा पूर्ण रुपमा रिलायबल डेभलपमेन्ट बैंकको लगानी रहेको छ ।

प्रकाशित : २५ पुष २०७३, सोमबार १५:३९