संसदबाट बाफिया पारित, संवैधानिक पद धारण गरेको व्यक्ति संचालक बन्न रोक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

संसदबाट बाफिया पारित, संवैधानिक पद धारण गरेको व्यक्ति संचालक बन्न रोक



काठमाडाै २६ पुस ।   बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून (बाफिया)मा संशोधन र एकीकरण गर्न बनेको विधेयक आज व्यवस्थापिका संसदबाट पारित भएको छ ।

मंगलबार बसेको ब्यवस्थापिका संसदको बैठकले विधयेक पारित गरेको हो । विगतमा अर्थसमितिमा पास गरेको बाफिया व्यवस्थापिका संसद्ले समितिमा फर्कादिएको थियो । संसद्ले समितिलाई ९ बुँदामा पुनः छलफलका लागि पठाएको विधेयकमा समितिले अर्थमन्त्री र गभर्नरमा बिबादित विषय सहमतीमा टुङ्गाएको थियो । अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतको कार्यकाल दुई कार्यकालका लागि तोएिको छ । यस्तै संवैधानिक पद धारण गरेको व्यक्तिलाई बैंक तथा वित्तीय संस्थामा संचालक बन्नका लागि रोक लगाइएको छ ।

 

विधेयक पारित भएसँगै यो बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको रुपमा आउने छ । अब बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको १० वर्ष पुगेपछि राष्ट्र बैङ्कको स्वीकृतिमा संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्न सक्ने छन् । यो आधारमा बिसं २०६३ सालसम्ममा सञ्चालनमा आएका संस्थाका सञ्चालकहरुले चाहेमा सर्वसाधारणमा सेयर परिवर्तन गर्न सक्ने व्यवस्था रहेको छ । कर्मचारीलाई बैंक तथा वित्तीय संस्थाहरुले ०.५ प्रतिशत सेयर दिनुपर्ने भएको छ ।

प्रकाशित : २६ पुष २०७३, मंगलवार ०८:२६