चन्द्रागिरिमा पृथ्वीनारायणको मूर्ति अनावरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चन्द्रागिरिमा पृथ्वीनारायणको मूर्ति अनावरण



काठमाडौं २७ पुस। पृथ्वीनारायण शाहको २९५ औं जन्मजयन्तीको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडको टप स्टेशनस्थित भालेश्वर मन्दिरको नजिकै पृथ्वीनारायण शाहको मूर्तिचित्र स्थापना गरिएको छ । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा निर्मित मूर्तिचित्र  नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अनावरण गरे । चन्द्रागिरि पर्वत पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग सम्बन्धीत रहेकाले उनको सम्झनामा मूर्तिचित्र निर्माण गरिएको कम्पनीले वताएकाे  छ ।

पृथ्वीनारायण शाहले चन्द्रागिरि डाँडाबाट उपत्यकाका तीनै सहरको दृश्यावलोकन गरी एकीकरणको योजना बनाएको उनको दिव्योपदेशमा उल्लेख छ ।
पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग जोडिएको यस चन्द्रागिरि पर्वतमा २९५औं जन्मजयन्तीका अवसरमा मूर्तिचित्र निर्माण गर्न पाएकोमा अध्यक्ष ढकालले खुशी व्यक्त गरेका छन् । पर्यटकहरुका लागि सजिलो गन्तब्य बन्दै गएको जानकारी दिए ।

चन्द्रागिरि हिल्स लिमिटेडका संचालक हेमराज ढकालले देवादीदेव महादेवले सतीदेवीको मृत शरीरलाई बोकेर पृथ्वी परिक्रमागर्दा सतीदेवीको भालअर्थात निधार पतन भएर भालेश्वर महादेव उत्पति भएको स्वस्तानी कथामा बर्णन गरिएकाले धार्मिक पर्यटनका दृष्टिले पनि चन्द्रागिरि महत्वपूर्ण रहेको धारणा राखे । बसहरु प्रत्येक दिन बिहान साढे सात बजे काठमाडौंको महाराजगञ्जर कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट लाग्ने कम्पनीले वताएकाे छ । चन्द्रागिरि केबलकारको टिकटकाठमाडौंस्थितआईएमई सेन्टर एवम् भाटभटेनी काउन्टरबाट पनि लिन सकिन्छ ।

प्रकाशित : २७ पुष २०७३, बुधबार १३:००