मर्जर नीतिले वित्तीय प्रणाली थप सुरक्षित बन्दै गएको छः गभर्नर अधिकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

मर्जर नीतिले वित्तीय प्रणाली थप सुरक्षित बन्दै गएको छः गभर्नर अधिकारी



काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी मर्जर नीतिले वित्तीय प्रणाली थप सुरक्षित बन्दै गएको बताएका छन्।

मर्जर प्रक्रिया पूरा गरी ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूले आजबाट सुरु गरेको एकीकृत कारोबारको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो धारणा राखेका हुन्। ‘राष्ट्र बैंकले मर्जरको नीति एक दशकअघि लिइरहेको छ’, उनले भने।

खुला नीतिका कारण धेरै वित्तीय संस्था खुलेको गर्भनर अधिकारीको भनाइ थियो। ‘संस्था बढी हुँदा मध्यस्था लागत बढ्छ’, उनले भने, ‘जसका कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा भयो। अर्थतन्त्रमा पनि सकारात्मक योगदान भएन।’ यस्तै बैंकहरुले बढीभन्दा बढी लगानी प्राथमिकता क्षेत्र राष्ट्रिय उत्पादनमा केन्द्रित गर्नुपर्ने उनले बताए ।

बैंक ठूलो बन्दै गर्दा एकल लगानीको सीमा निर्धारण गर्दै बढीभन्दा बढी कर्जा लगानी साना ऋणीमा केन्द्रित गर्नुपर्ने उनले बताए ।

प्रकाशित : २५ पुष २०७९, सोमबार १२:००