तेह्रथुममा यस बर्ष ३ सय १२ मेट्रिक्टन अकबरे खोर्सानी उत्पादन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

तेह्रथुममा यस बर्ष ३ सय १२ मेट्रिक्टन अकबरे खोर्सानी उत्पादन



तेह्रथुम २८ पुस । तेह्रथुममा यस बर्ष ३ सय १२ मेट्रिक्टन अकबरे खोर्सानी उत्पादन भएको छ । जिल्लाको २ नगरपालीका र २१ गाबिसमा ३ सय १२ मेट्रिक्टन अकबरे खोर्सानी उत्पादन भएको कृषि बिकास कार्यलयले जनाएको छ । २५ हेक्टर जग्गामा अकबरे खोर्सानी खेति हुदै आएको जिल्लामा ओयाक्जुङ, सिम्ले, छातेढुंगा, सुदाप, ओख्रे, पञ्चकन्या ,फाक्चामारा र सुदाप गाबिसलाई अकबरे खोर्सानीको पकेट क्षेत्रको रुपमा लिएको प्राबिद्यीक सहायक हरि गोपाल आचार्यले जानकारी दिए । अकबरे खोर्सानी बजारमा ३ सय ५० देखि ४ सय रुपैयामा बिक्री हुदै आएको छ ।

प्रकाशित : २८ पुष २०७३, बिहीबार ०५:४५