विद्युत प्राधिकरणको उज्यालो सहर अभियान धमाधमः कुन कुन पालिकासँग भयो सम्झौता ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बिशेष

विद्युत प्राधिकरणको उज्यालो सहर अभियान धमाधमः कुन कुन पालिकासँग भयो सम्झौता ?



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्थानिय तहसँगको संयुक्त लगानीमा सडक बत्ती र मास्ट लाइट जडान गर्ने कार्य सञ्चालन गरेको छ । प्राधिकरणको उज्यालो सहर अभियान अन्तर्गत उक्त कार्य गर्न लागेको हो ।

सडक बत्ती जडान गरेर सडकलाई उज्यालो बनाई दुर्घट्ना कम गर्ने उद्देश्यले सञ्चालन गरिएको प्राधिकरणले जनाएको छ । साझेदारीमा कुनै स्थानिय तहले कुल लगानीको ६० प्रतिशत लगानी गर्यो भने विद्युत प्राधिकरणले ४० प्रतिशत त्यसमा थपेर सडक बत्ती जडान कार्य गरिरहेको छ । १९ वटा स्थानीय तहसंग समन्वय गरेर आयोजना अगाडी बढाएपनी हाल १३ वटा ठाउँमा काम भइरहेको नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय सडक प्रवर्द्धन आयोजनाका इन्जिनियर विराट शर्माले बताए ।

उनका अनुसार एउटा सडक बत्ती जडान गर्नका लागि करिब परकिलोमिटर १४ लाखदेखि २० लाखको हाराहारीमा लागत लाग्ने अनुमान छ । ठाउँअनुसार प्याकेजमा पुरा गर्ने सम्झौता गरेको उक्त सडक बत्ती निर्माण कार्य एउटा प्याकेज एक बर्ष भित्र पुरा गर्ने सम्झौता रहेको शर्माले बताए ।

यस्तो स्मार्ट सडक बत्तीको जडान गरिसकेपछि त्यसलाई मिटर रिटरको कामदेखि बत्ती बल्यो बलेन भनेर नियन्त्रण गर्ने सम्पुर्ण काम प्राधिकरणबाटै गर्न मिल्ने, जडान गरेको पाँच बर्षसम्म मर्मतसम्भार गर्न नपर्ने र सुरक्षाको दृष्टिले, रात्रिकालिन व्यवसाय गर्नेलाई एकदमै सहज हुने प्राधिकरणको दाबी छ । साथै, प्राधिकरणकै लाइनबाट जडान गर्ने भएतापनि बिजुली खपत भने हुने जनाएको छ ।

कहाँ कहाँ जडान हुदैछ सडक बत्ती ?

प्राधिकरणले चितवनको भरतपुरमा १३ करोड लागतमा सडक बत्ती र मास लाइट जडान गर्ने भएको छ । जसमा एक हजार ९२ वटा पोलहरु हुनेछन् भने १२० वाटका लाइट ९३७ वटा रहने र ९० वाटका लाइट एक हजार ३७ वटा रहने प्राधिकरणले जनाएको छ । यसमा मास लाइटमा उच्च भोल्टेजका ८ वटा बत्ती ७८.२ किलोमिटर केबलमा रहने छ ।

कास्कीको पोखरा महानगरमा ४४० पोलमा जडान गर्न लागेको सडक बत्ती १२० वाटको लाइट ५२० वटा र ९० वाटको लाइट ११०४ वटा जडान हुनेछ । त्यस्तै, मास लाइटमा उच्च भोल्टेजका २३ वटामा केबल ५२ किलोमिटरको हुनेछ । यो बत्ती जडानगर्न स्थानिय तहसंग १२.७५ करोड रुपैंयाँमा सम्झौता भएको हो ।

त्यसैगरी, काठमाडौंको बुढानिलकण्ठ, ललितपुर जिल्लाको महालक्ष्मी, कैलालीको धनगढी, भैरहवाको सिद्धार्थनगर र पाँचथरको फिदिम महानगर र नगरपालिकामा १५.८७ करोड रुपैंयामा सझौता भएको यस अभियानमा ७९५ वटा पोलमा १२० वाटका लाइट ११६२ र ९० वाटका लाइट १७०६ वटा जडान गरिने जनाएको छ ।

झापाको कन्काई, उदयपुरको वेलाका, चरिकोटको भिमेश्वर, महिन्द्रनगरको भिमदत्त नगरपालिकामा ४.०४ करोड लागतमा निर्माण हुन लागेको सडक बत्ती तथा मास लाइटका लागि १२० पोलहरु रहेका छन् । जसमा १२० वाटका ५० लाइट,९० वाटका २२० लाइट, मास लाइटमा उच्च भोल्टेजका १४ र केबल १२.२५ किलोमिटर जडान गर्न लागिसकेको छ ।

ललितपुर महानगरमा ४०४ पोलमा सञ्चालन हुन लागेको बत्तीमा ९० वाटका ११६१ लाइट, ६० वाटका २३९ लाइट, मास लाइटमा उच्च भोल्टेजका १५ वटा रहेको छ । यसमा केवल ३२ किलोमिटर रहने छ । त्यस्तै, रामेछापको मन्थली नगरपालिकामा ४.७२ करोड रुपैंयाँमा बन्न लागेको यस ठाउँको स्मार्ट सडक बत्ती २६० पोलमा हुनेछ । यसमा ९० वाटको लाइट ७१ वटा, ६० वाटको ४२९, मास लाइटमा उच्च भोल्टेजका ५ वटा र केबल १५.५ किलोमिटरसम्म हुनेछ ।

प्रकाशित : २७ पुष २०७९, बुधबार १५:००