नर्भिकमा पहिलोपटक कलेजोसम्बन्धी समस्या भएकाहरुलाई निःशुल्क परामर्श सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

टिप्स

नर्भिकमा पहिलोपटक कलेजोसम्बन्धी समस्या भएकाहरुलाई निःशुल्क परामर्श सेवा



काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलको निःशुल्क ओपीडी अभियानअन्तरगत पुस ३० गते शनिबार पहिलोपटक कलेजोसम्बन्धी समस्या भएकाहरुले निःशुल्क परामर्श सेवा लिने अवसर पाउने भएका छन्।

नर्भिक अस्पतालले विगत केही महिनादेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत ‘निःशुल्क ओपीडी अभियान’ सञ्चालन गर्दै आएको छ। यस अघिका कैयन साताहरुका ओपीडी युरोलोजीसँग सम्बन्धित थियो।

पहिलोपटक कलेजोसँग सम्बन्धित समस्या भएका बिरामीहरुलाई सेवा दिने उद्देश्यले पुस ३० गते(शनिबार) विशेष ओपीडी सञ्चालन गर्न लागिएको हो। शनिवार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म अस्पतालमा वरिष्ठ कलेजो रोग विशेषज्ञ तथा शल्यचिकित्सक डा. परदेज सापकोटा नेतृत्वको टिमले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्नेछ ।

निःशुल्क ओपिडीमा कलेजोको सिरोसिस, जण्डिस, फ्याटी लिभर भएका, पेटमा पानी जमेका जस्ता समस्या भएका बिरामीहरु तथा कलेजो बारे सम्पूर्ण रोगको निःशुल्क परामर्श सेवा आवश्यकले अवसर पाउनेछन् ।

प्रकाशित : २८ पुष २०७९, बिहीबार १७:३१