बाढीपीडितको चामल माटो मुनी गाडियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बाढीपीडितको चामल माटो मुनी गाडियो



काठमाडौं।  बाढीपीडितलाई वितरण गर्नका लागी बाँकेको राप्तीपारि लगिएको ३० बोरा चामल १० महिनापछि गाडिएको छ । गतवर्ष साउन २९ र ३० गते आएको विनाशकारी बाढीले पीडित भएकालाई बाँड्नका लागि गंगापुरमा लगिएको चामल स्थानीय प्रशासन र रेडक्रसको बदमासीले गर्दा कुहाएर फालिएको हो । भदौ दोस्रो हप्तातिर गंगापुरस्थित रेडक्रसको गोदाममा पुर्याइएको चामल बाढीपीडितलाई वितरण नै नगरी कुहाइएको थियो । बाढीपीडितले थाहा नपाउने गरी रातारात गोदाममा पुर्याएको चामल कुहिएपछि स्थानीय प्रशासन, प्रहरी र रेडक्रस प्रतिनीधिको उपस्थितिमा जेठ २३ गते खाल्डो खनेर गाडिएको हो । रेडक्रसको गोदाम रहेको परिसरमै खाल्डो खनेर चामल गाडिएको आजको नेपाल समाचारपत्रको खबर छ ।

प्रकाशित : ३ असार २०७२, बिहीबार ०२:३७