टिभिएसले हात पायो उत्कृष्ट फिचर तथा उत्कृष्ट कम्युटर अवार्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अटो

टिभिएसले हात पायो उत्कृष्ट फिचर तथा उत्कृष्ट कम्युटर अवार्ड



काठमाडौं। हालै सम्पन्न टेकलेख अवार्डमा टिभिएस रेडरले उत्कृष्ट कम्युटर तथा टिभिएस अपाचे आरटिआर १६० फोभीले उत्कृष्ट फिचर अवार्ड हात पारेको छ । गत वर्ष पनि रेडरले टेकलेखमा आईएमओटिवाइ-२०२२ र अटो कार अवार्ड पाएको थियो ।

टेकलेखले जारी गरेको विज्ञप्तिअनुसार रेडरमा भएका सुधारहरूको आधारमा यो वर्ष पनि रेडरले यो अवार्ड प्राप्त गर्न सफल भएको हो । रेडरको किफायती मूल्य, स्टाइल, र अप्डेटेड फिचरहरुका कारण यस बाइकले अवार्ड पाएको विज्ञप्तिमा उल्लेख छ ।

टिभिएस रेडर १२५ मा आकर्षक मस्कुलर लुक्सका साथमा एड्जस्टेवल मोनोशक सस्पेन्सन, यूएसबी चार्जिङ, अन्डर सिट स्टोरेज र फराकिलो टायरलगायतका विशेषताहरु उपलब्ध छन् ।

यता अपाचेको बाइकले निरन्तर सुधार गरेको फिचरहरुको गुणस्तरले गर्दा यो बाइकले अवार्ड प्राप्त गर्न सफल भएको बताइएको छ । रिडिजाइन्ड डिएलआर, राइडिङ्ग मोड, ग्लाइड थ्रु ट्राफिक, रेसिङ डिएनए जस्ता फिचरहरुले गर्दा नै यस बाइकले टेकलेखको उत्कृष्ट फिचर अवार्ड प्राप्त गर्यो ।

जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएसका दुईपाङग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १ सय ४०भन्दा बढी डिलरको वितरण सञ्जाल छन् ।

प्रकाशित : ३ माघ २०७९, मंगलवार १६:१५