ठगीकाे आराेपमा न्यू सुनवर्षी सहकारीका अध्यक्ष  पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ठगीकाे आराेपमा न्यू सुनवर्षी सहकारीका अध्यक्ष  पक्राउ



काठमाडौं । ठगी आरोपमा प्रहरीले धनुषाको न्यू सुनवर्षी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ध्रुवनारायण यादवलाई पक्राउ गरेको छ ।

उनीविरुद्ध कुभोलिया देवी यादवको जाहेरीले ठगी मुद्दामा उजुरी दिएकी थिइन् । यादवविरुद्ध जिल्ला अदालत धनुषाले पुस २९ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

यादवलाई जनकपुर उपमहानगरपालिका–२ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । यादवलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको प्रहरीले जनाएको छ । यादव राष्ट्रिय सहकारी बैकका पुर्वसंचालक समेत हुन् ।

प्रकाशित : ३ माघ २०७९, मंगलवार १९:०६