यूनियन लाइफ इन्स्योरेन्सको साधारण सभा माघ २६ गते, यस्ता छन् एजेण्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

यूनियन लाइफ इन्स्योरेन्सको साधारण सभा माघ २६ गते, यस्ता छन् एजेण्डा



काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ २६ गते पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । सभा टाइगर प्यालेस रिसोर्ट भैरहवा रुपन्देहीमा बिहान १०ः३० बजे गर्ने निर्णय गरेको हो ।

उक्त सभाले चुक्ता पुँजीको ८.९७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै गुँरास र प्राइम लाइफसँग मर्जर सम्बन्धि प्रारम्भिक सम्झौतापत्रको मस्यौदा पनि स्वीकृत गर्नेछ । तीन कम्पनीहरु १ः१ः१ को समान शेयर स्वाप रेसियो अनुपातमा मर्जरमा जाने प्रकृयामा रहेका छन् ।

साथै सभाले कम्पनीको संस्थापक र सर्वसाधारण शेयर संरचना ७०ः३० बाट घटाएर ५१ः४९ प्रतिशत कायम गर्ने प्रस्ताव समेत सभामा राखेको छ । कम्पनीले लाभांश र साधारण सभा प्रयोजनका लागि माघ १६ गते सोमबार शेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ ।

बुकक्लोज अनुसार माघ १५ गते आइतबारसम्म कायम रहने शेयरधनीले मात्र लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित : ४ माघ २०७९, बुधबार १२:५१