शिखर इन्सुरेन्सको साधारण सभा माघ २५ गते, बुक क्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

शिखर इन्सुरेन्सको साधारण सभा माघ २५ गते, बुक क्लोज कहिले ?



काठमाडौं । शिखर इन्सुरेन्स कम्पनीले एकैसाथ दुई आर्थिक वर्षको साधारण सभा माघ २५ गते बोलाएको छ। कम्पनीले १७ औं र १८ औं वार्षिक साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय शिखर विज सेन्टर,थापाथली काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।

सभामा कम्पनीले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४२१ प्रतिशत नगद गरी जम्मा १६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को वार्षिक प्रतिवेदन, नाफा/नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । त्यसका साथै, अन्य कुनै निर्जीवन बिमा कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले माघ १७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ १६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रकाशित : ४ माघ २०७९, बुधबार १३:०५