कालिका लघुवित्तको लाभांश घोषणा, कति दियो बोनस र नगद ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कालिका लघुवित्तको लाभांश घोषणा, कति दियो बोनस र नगद ?



काठमाडौं। कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। संस्थाको सञ्चालक समितिको बैठकले कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांशमा १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

प्रकाशित : ९ माघ २०७९, सोमबार ११:३२