इन्भेष्टमेण्ट बैंकको १ करोड सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

इन्भेष्टमेण्ट बैंकको १ करोड सहयोग



काठमाडौं। गत बैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट प्रभावित भएकाहरुको सहयोगका लागी नेपाल इन्भेष्टमेण्ट बैंकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बुधबार सहयोग रकम हस्तान्तरण गरेको हो ।

प्रधानमन्त्रीको कार्यालयमा आयोजित एक कार्यक्रम बीच बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले उक्त रकम भएको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका हुन । उक्त कार्यकक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पाण्डे पनि उपस्थित थिए ।

बैंकले विनाशकारी भूकम्पबाट प्रभावितहरुको सहयोगार्थ यसअघि पनि १ करोड ६० लाखबराबरको जस्तापा, त्रिपाल, लत्ताकपडा तथा खाद्यान्नहरु प्रभावित क्षेत्रहरु धदिङ, काभ्रे, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, लमजुङ, मकवानपुर तथा नुवाकोट लगायतका जिल्लाहरुमा वितरण गरेको जनाएको छ ।

प्रकाशित : ३ असार २०७२, बिहीबार ०३:०७