सुनको भाउ अहिलेसम्मकै महँगो, तोलाको १ लाख ६ हजारभन्दा धेरै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको भाउ अहिलेसम्मकै महँगो, तोलाको १ लाख ६ हजारभन्दा धेरै



काठमाडौं । सुनको मुल्यले मंगलबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ६ हजार ३०० रुपैयाँ कायम भएको हो।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि सुनको मूल्य २०७८ फागुन २५ गते अहिलेसम्मकै उच्च १ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

सोमबार छापावाल सुन तोलाको १ लाख ५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य तोलाको १ लाख ४ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको मुल्य भने तोलामा १५ रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मुल्य प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : १० माघ २०७९, मंगलवार ११:०१