शेयर बजार ८.१५ अंकले बृद्धि, ३ अर्ब माथिको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शेयर बजार ८.१५ अंकले बृद्धि, ३ अर्ब माथिको कारोबार



काठमाडौं । मंगलबार शेयर बजार सामान्य अंकले उकालो लागेको छ । आज बजार ८.१५ अंकले बढेर २१७३.२४ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.५३ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.३४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५२ अंकले बृद्धि भएको छ ।

मंगलबार २४८ कम्पनीको ८३ लाख १८७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३२ लाख ३० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै बजार बढ्दा बैंकिङ समूहको उपसूचक २.१५ र उत्पादन तथा प्रशोधन ३.७४ अंकले घटेको छ भने बांकी सबै कम्पनीको शेयरमा हरियाली छाएको छ । विकास बैंक ४.६०, वित्त कम्पनीको ७०.०४, होटल तथा पर्यटन समूहको उपसूचक १०.५५, जलविद्युत २८.१३, माइक्रोफाइनान्स समूहको उपसूचक४.२०, जीवन बीमा १.५७, निर्जीबन बीमा समूहको उपसूचक ६०.१६, ट्रेडिङ समूहको उपसूचक ४.१९ र अन्य समूहको उपसूचक ३९.०३ अंकले बढेको छ ।

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा सानिमा जिआइसी इन्स्योरेन्स रहेको छ भने मैलुङ खोला जलविद्युत र एनएमबि हाइब्रिड फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट आएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल दूरसञ्चार कम्पनीको भएको छ । यसको आज १२ करोड ९१ लाख ७ हजार भन्दा बढीको शेयर किनबेच भएको छ ।

प्रकाशित : १० माघ २०७९, मंगलवार १५:४०