लुम्बिनी जनरल इन्सुरेन्सको लाभांश संशोधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लुम्बिनी जनरल इन्सुरेन्सको लाभांश संशोधन



काठमाडौं । लुम्बिनी जनरल इन्सुरेन्सको लाभांश संशोधन भएको छ । नेपाल बीमा प्राधिकरणको निर्देशनमा कम्पनीले प्रस्तावित लाभांशमा संशोधन गरेको हो।

अब आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ६.९९ प्रतिशत बोनस शेयर र कर तिर्न ०.३६७९ प्रतिशत नगद लाभांश वितरण हुने भएको छ । यसअघि भने लुम्बिनीले ७ प्रतिशत बोनस शेयर र कर तिर्न ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

नियामक नेपाल बिमा प्राधिकरणले दिएको निर्देशन बमोजिम लाभांश प्रस्ताव संशोधन गरिएको कम्पनीले जानकारी गराएको छ । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ । लुम्बिनी जनरल हाल सगरमाथा इन्सुरेन्ससँग मर्जर प्रक्रियामा रहेको छ ।

प्रकाशित : ११ माघ २०७९, बुधबार ११:३५