आर्थिक मिडिया सञ्चालक संघको अध्यक्षमा राेयल आचार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आर्थिक मिडिया सञ्चालक संघको अध्यक्षमा राेयल आचार्य



काठमाडाै । आर्थिक मिडिया सञ्चालकहरुको संस्था इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)को नयाँ कार्यसमिति चयन भएको छ ।

बुधबार काठमाडौंमा सम्पन्न इमानको पहिलो अधिवेशनले केटीएम भ्वाइस डटकमका रोयल आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कार्य समिति उपाध्यक्षमा दैनिकी डटकमका माधवप्रसाद तिवारी र अर्थबजार डटकमका डिल्लीप्रसाद सापकोटा चयन भएका छन् ।

संस्थाको महासचिवमा अर्थसरोकार डटकमका सुरज प्याकुरेल चयन भएका छन् भने उपमहासचिवमा अर्थतन्त्र डटकमका रामेश्वर कार्की र सचिवमा क्रसचेक मासिकका टंक कार्की चयन भएका छन् ।

संस्थाको कोषाध्यक्षमा रोजगार मिडियाका फणिन्द्रप्रसाद दाहाल र सहसचिवमा आर्थिक प्लस डटकमका अमीर लामा चयन भएका छन् । कार्यकारी सदस्यमा कर्पोरेट बजारकी अप्सरा गौतम चयन भएकी छन् ।

आर्थिक विधाका सञ्चारमाध्यमहरुको हकहितका लागि भन्दै गठन गरिएको इमानमा हाल २२ वटा आर्थिक मिडियाहरु सदस्य छन् ।

प्रकाशित : ११ माघ २०७९, बुधबार २१:३८